मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवाना

बिहिबार, साउन ९, २०७६



एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही गरिएको छ । कोपा अमेरिका कपमा म्याच रेफ्रीको निर्णयको खिलाफ उत्रेको कारण  उनलाई दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले कारबाही गर्ने निर्णय गरेको हो ।

कोपाको सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भएको थियो । त्यस खेलमा रेफ्रीले ब्राजिलको समर्थन गरेको भन्दै मेसीले आक्रोश पोखेका थिए । कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा चिलीका खेलाडीसँग ठेलठाल भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेसी रेफ्रीको विरुद्ध खनिएका थिए ।

यस कारबाही सँगै मेस्सीले २०२० को मार्चमा अर्जेन्टिनाले खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् । कोपाबाट बाहिरिएपछि केही निराश बनेका मेस्सी अहिले परिवारसँग रमिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata