मेस्सीको ६००औं गोल पुरा, कहाँ कहाँ कति गोल गरे ?

बिहिबार, बैशाख १९, २०७६



एजेन्सी । कप्तान लियोनेल मेस्सीले क्याटलान क्लब बार्सिलोनाको लागि ६००औं गोलको कोसेढुङ्गा पार गरेका छन् ।

बुधबार राति भएको च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३–० को जित निकालेको खेलमा दुई गोल गरेसँगै मेस्सीले बार्सिलोनाका लागि ६००औं गोलको आँकडा पार गरेका हुन् ।

मेस्सीले १४ वर्षअघि अर्थात सन् २००५ मा स्पेनिस ला लिगामा अल्वासेटविरुद्ध खेल्दै बार्सिलोनाको लागि पहिलो गोल गरेका थिए । मेस्सीले स्पेनिस ला लिगामा ४१७, कोपा डेल रेमा ५० र च्याम्पियन्स लिगमा ११२ गोल गरेका छन् । अन्य विविध प्रतियोगितामा २१ गोलसहित ६००औं गोल पुरा गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank