एक साता देखि पूरै गाउँपालिका अन्धकार

बिहिबार, बैशाख १३, २०७५



नुवाकोट । पञ्चकन्या गाउँपालिमा साता दिन देखि विद्युत् अवरुद्ध भएपछि पूरै गाउँपालिका अन्धकार भएको छ । विद्युत् अवरुद्ध भएपछि गाउँपालिकाको काम समेत प्रभावित भएको गाउँपालिका प्रमुख तेजबहादुर (रमेश) तामाङले बताए । एकसाता भयो, ‘बिजुली बनाई रहेका छौं भन्छ ।’ विद्युत् प्राधिकरण रसुवा नुवाकोट वितरण प्रशाखा खरानीटारले बिजुलीको मर्मत गरेको जनाएर पन्छिने गरेको स्थानीयको आरोप छ । गाउँपालिकाको एकले मानेमा एक महिना देखि स्थानीयबासीले बिजुली बत्ति बाल्न पाएका छैनन् ।

पञ्चकन्या, कविलास, थप्रेक, मानेथोक, कातिके गाउँ, कालिकास्थान लगायतका ठाउँमा विद्युत् अवरोध छ । बिजुली बिहीन भएपछि निजी आवास समेत प्रभावित भएको छ । घर बनाउन काठ चिर्ने र रन्दा लगाउने सिकर्मीको काम ठप्प भएको छ । स्थानीयबासी धान कुट्ने घट्ट मिल समेत संचालन नहुँदा बजारबाट सामान किनेर खानुपर्ने बाध्यता भएको बताएका छन् ।

गाउँपालिका कार्यालयमा इमर्जेन्सीमा हस्तलिखित निवेदनबाट कार्य भैरहेको जनाएको छ । एक कर्मचारीले भने, ‘अझै बिजुली आउने ठेगान छैन । टुकी सोलारले काम गर्नुपरेको छ ।’ विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोषकुमार जैसवालले जानकारी नभएको भन्दै गैरजिम्मेवार ढंगले प्रस्तुत भए । ‘भर्खर आएको छु,’ उनले भने, नोलाइटको कुन शाखा छ त्यही फोन गर्नुस् । सबै कुरो मलाई के थाहा ।’ उनी केन्द्रमा आएको एक महिना भन्दा बढी भैसकेको छ ।

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank