लिबियाली हवाई आक्रमणमा परी कम्तीमा ७० सैनिक हताहत

आइतवार, बैशाख २८, २०७७



एजेन्सी ।  लिबियाली सरकारी सुरक्षा फौजले पूर्वी इलाकामा समानान्तर सत्ता चलाउँदै आएको सैनिक जनरल खालिफा हफ्तर पक्षधर सैनिकलाई लक्षित गरी गरेको हवाई आक्रमण गरेको छ ।  संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त उक्त सुरक्षा फौजको आक्रमण परी कम्तीमा ७० सैनिकको हताहत भएको बताइएको छ ।

शुक्रबार भएको आक्रमणमा सैनिक नेता हफ्तरको सेनातर्फ ठूलो क्षति भएको हो । हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको छ भने केही घाइते भएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।

“वायुसेनाले राजधानी त्रिपोलीबाट १८० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा रहेको वात्या हवाई शिविर र यसको आपूर्ति नाकाहरुमा छ राउण्ड हवाई आक्रमण गरेको छ, ” संयुक्त राष्ट्रसंघीय सरकारको सेनाका प्रवक्ता मोहम्मद गोनोनोले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “वायुसेनाले सैन्य सवारी साधनहरूलाई लक्षित गरी हफ्तरको प्रभाव क्षेत्रमा आक्रमण गरेको र आक्रमणबाट ७० भन्दा बढी सैनिक हताहत भएका छन् ।”

जनरल हफ्तरको नेतृत्वमा रहेको पूर्वी सेनाले एक वर्षभन्दा बढी समयदेखि राजधानी त्रिपोलीलाई संयुक्त राष्ट्र संघीय सरकारको कब्जामा लिने प्रयास गरिरहेको छ ।

यो आक्रमणका कारण सयौं नागरिक पनि घाइते भएका र विस्थापित बनेका बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments