लिबियामा दुईवटा कार बम विस्फोट, कम्तिमा २२ जनाको मृत्यु

बुधबार, माघ १०, २०७४



लिविया । लिबियाको बेनगाजी शहरमा दुईवटा कार बम विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । बेनगाजी शहरको एक मस्जिद नजिकै विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । मस्जिद नजिकै दुईवटा कार बम विस्फोट हुँदा ३० जना घाइते भएका छन् ।
प्राथना सकेर मस्जिदबाट बाहिर निस्किएका सर्वासाधारण नागरिकलाई लक्षित गरी पहिलो कार बम विस्फोट गराईएको हो । मृत्यु हुनेमा सुरक्षाकर्मी तथा सर्वासाधारण रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताईएको छ । विस्फोटको जिम्मेवारी कुनै समूहले पनि लिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments