शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने

बिहिबार, चैत्र २७, २०७६



काठमाडौँ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा लकडाउन अपनाइएको छ ।  चैत ११ गते देखि जारी लकडाउन वैशाख तीन गते सम्मका लागि जारी रहनेछ ।

लकडाउनका कारण अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन चल्न दिइएका छैनन् । लकडाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा रहेका मजदुर,विद्यार्थी बढी मारमा परेको गुनासो आएसँगै सरकारले शुक्रवार र शनिवार दुई दिने उपत्यका भन्दा बाहिर जान दिने भएको छ ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यका बाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो ।

लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछी हटेको हो । उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने तर उपत्यकामा भित्रिन भने नदिने संघीय सरकारले निर्णय गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments