चितुवालाई कुकुरले भगायो !

सोमवार, अशोज १, २०७५



जयपुर, राजस्थान । आम मानिस मान्ने गर्छन् । चितुवा सबै भन्दा तेज र खतरनाक जनावर हो । उसको एक हमला जंगली जनावरदेखी मानिससम्मको मृत्युको कारण बन्न सक्छ ।

राजस्थानको जयपुरमा एउटा कुकुर र चितुवाको जम्काभेट हुँदा,कुकुरले चितुवालाई भगाउन सफल भएको छ । अत्यन्त चलाखी पूर्वक डटेर चितुवाको सामना गर्दै केवल भुकेकै भरमा चितुवाको सिकार बन्नबाट जोगीयो ।

भिडियोमा देखाईए अनुसार राजस्थानको जयपुर स्थित झलाना सफारी पार्कको बीच सडकमा कुकुर सुतिरहेको थियो । जंगलबाट अकस्मात निस्किएको चितुवाले कुकुरलाई आक्रमण गर्ने कोशिस गर्यो । कुकुर जुरुक्क उठेर ठुलो स्वरले भुक्दै चितुवालाई पछि हट्न बाध्य बनायो ।

अत्यन्त रोचक लाग्ने यो भिडियो एक पर्यटकले खिचेका हुन् । उनले युटयुवमा राखेको उक्त भिडियो अहिलेसम्म करिब २१ लाखले हेरिसकेका छन् । जहाँ एउटा कुकुरले चितुवालाई भगाएको छ ।
हेर्नुहोस् भिडियो

333 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank