गाउँपालिका अध्यक्ष खड्काको कारण बिरामीलाई सास्ती

बिहिबार, असार ५, २०७६



रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काको कारण बिरामीले सास्ती पाएका छन ।

लिखु गाउँपालिका वडा नम्बर ३ मा बस्ने ६२ वर्षीया सानुमाया खड्का सिकिस्त बिमारी भई गाउँपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा अध्यक्ष खड्काले एम्बुलेन्सबीच बाटोबाटै फर्काउन निर्देशन दिए ।

गाउँपालिका अध्यक्ष खड्काले ब्यक्तिगत रिसिबीका कारण बिरामी बोकेर ५ /७ किलोमिटर टाढा पुगेको एम्बुलेन्सका चालकलाई फोन गरि नागदह भन्ने ठाउँमा पुगेको एम्बुलेन्स फर्काएको पीडितका छोरा जीवन खड्काले जानकारी दिए । तामाङ भाषामा फोन गरि त्यो बिमारी कसले लैजान भन्यो ? किन लगेको बाटैमा खसालेर आईज भनी फोन गरेको र चालक जीवन तामाङले गाउँपालिका अध्यक्षले फोन गरि अर्को बिमारी छ ।  एम्बुलेन्स फर्काउन लगाएको आरोप लगाए । तर त्यहाँ अर्काे विरामी नरहेको पीडितका छोरा जीवन खड्काले गुनासो गरे ।

चालकले गाउँपालिका अध्यक्षको निर्देशनमा विरामीलाइ बिचबाटोमा अलपत्र पारेको आरोप लगाए । अध्यक्ष खड्काले गाउँपालिकामा आफ्नो मनोपोलि गर्दै  बुबा, भाइ बुहारीलाई जागिर खुवाएको आरोप स्थानियले लगाएका छन । खड्काले कान्छी बुहारी सीता श्रेष्ठलाई कुनै पनि रोग नलागेकाे अवस्थामा ब्रेनट्युमर भयो भनी गाउँपालिकाबाट  ५ लाख रूपै‌या उपचार खर्च समेत दिएकाे आरोप पीडितका आफन्तले लगाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata