स्व.लेखनाथ ज्ञवाली र हाम्रा आवाजहरू

शनिबार, साउन १४, २०७४

loading...

- सीता ओझा



कुनैपनि व्यक्तिले केही न केही सृजना गर्नु,अथवा गर्न खोज्नु नै वास्तवमा चेतना हो।चेतनाले वस्तुहरूमा भएको फरक र एकैनासका गुणहरूलाई छुट्याउछ भन्छन।चेतनाको निर्माण हुनका लागि व्यक्तिको हुर्काई,भोगाई र सिकाईको वातावरणले प्रभाव पारेको हुन्छ।त्यहि प्रभाव कहिले काही मानिसको जिवनकोआदर्श बन्न सक्छ र बनेको इतिहास पनि हामीले पढ्ने गरेका छौ।मानिसको आदर्श र स्वाभाव सबैका लागि सरल र समान हुन सकेन भने नेतृत्व गर्ने व्यक्तिले नेतृत्व गरिरहेकै ठाँउमा अन्तरविरोध सृजना हुन्छ।त्यसरी सृजना भएका अन्तरविरोधहरूले पदिय दायित्वमा बसेर पक्षपात गर्नेलाई त व्यक्तिगरूपमा फाईदा होला।मननपरेको कुनै व्यक्ति पन्छिएला तर सस्थाहरूलाई सखाप पारिरहेको हुन्छ भन्ने कुराको राम्रो सँग हेक्का रहेका साहित्यकार हुन ज्ञवाली उनका रचनाले हामीलाई प्रसस्तै ठाउँ दिएको छ।विचार भित्रकोउत्कृष्ट निखारलेनै उनलाई व्यवस्था विरोधी भएर जनजागरण अभियानमा हिडायो भन्ने देखिन्छ।यस्तो चेतना मानिसमा व्यक्ति स्वयम्,परिवार,समुदाय,साथीभाई र राष्ट्रिय नेतृत्वमा देखिएका व्यक्तिहरूको प्रभावबाट नै परेको हुनुपर्दछ।यसरी प्रभाव परेका विचारहरू पनि त्यसरी टक विचारमा अड्न नसक्ने अवस्थामा पनि स्व.लेखनाथ ज्ञवाली व्यवस्था विरोधी परिचयवाट नै सामाजिकन्याय , राष्ट्र , राष्ट्रियता र जिवनको सम्वृद्दिको चेतना जागृत गर्न लागिरहनु चानचुने कुरा थिएन।

राजनीति जागरणका अभियन्ता साहित्यकार लेखनाथ ज्ञवाली वि.स२०००सालमा गुल्मी जिल्लाको बोहन भन्ने ठाउँको मध्मवर्गिय परिवारमा जन्मिएका थिए।सामान्य मध्यम वर्गिय जीवन शैलीमा हुर्किएका ज्ञवालीको सामान्य शिक्षा परिवार भित्र रआसपासमा पाएपनि उच्चशिक्षाको लागि भारतको वनारसमा भएको देखिन्छ।एकतन्त्रीय हुकुमी र जहाँनियाँ शासनको कारण त्यो कालखण्डमा जन्मिएकाहरूलाई शिक्षा आर्जन गर्न अनिकाल नै रहेको कुरा इतिहासले बताएकोछ।त्यस्तो अनिकाल र खडेरी देखिएको बेला पनि ज्ञवालीको परिवारले शिक्षालाई महत्व दिएको देखिन्छ।त्यो राजनीतिक व्यवस्थामा जनतालाई राज्यको तर्फबाट कस्तो व्यवहार गरिन्थ्यो भन्ने उदाहरणको रूपमा अहिले हामीले सोअवस्थालाई लिन सक्छौ।त्यो समयमा जनताको स्तरबाट शिक्षालिनका लागि खास शैक्षिक सस्थाहरू पनि हुन्नन्थे।शिक्षालिन पाउनु न सामाजिक प्रतिष्ठाको रूपमा हेरिन्थ्यो।पाएपनि एउटा जातविशेषले मात्रै पाउने प्रावधानका कारण बनेको सामाजिक विभेदले बनाएको कुरा पनि प्रष्ट हुन्छ।त्यति हुदाहुदै पनि उनले आफ्नो माध्यमिक शिक्षा चाहिँ अर्घाखाँचीमा रहेकोश्रीहरिहर सस्कृत पाठशालामा पाएको देखिन्छ।त्यो सहजताले नै उनले आफनु फरक चेतनाक निर्माण गर्न सफल भएको देखिन्छ।त्यहिकारण आफ्नो शैक्षिक भोक मेट्न ज्ञवाली वनारस पुग्नुपर्ने वाध्यता तात्का लिन नेपालको राजनीतिक व्यवस्था र शैक्षिक अवस्थाकाको कारण नै बनेको हो।सायद त्यसैकोअप्रत्यक्ष प्रभावले होला उनीलाई राजनीतिक स्वतन्त्रताको पक्षले वनारसबाटै पछ्याउँदै नेपाल भित्र्याउन सफल भयो।उनलाई पछ्याउँदै गरेको त्यो चेतनाको भोक सबै जनताले पाएपछि मात्र सबैलाई शिक्षाको सजिलो वातावरण दिन सकिन्छ भन्ने दृढताले नै सबैको सचेतनताका लागि साहित्यको माध्यम अपनाएको हो किभन्न पनि नसकिने चाहिँ छैन।
सबैको चेतनाको लागि सर्वसाधारणमा आउनुपर्ने वा देखिनुपर्ने आधारभुत तहको ज्ञानको विजारोपण गर्दै अभियनको माध्यमबाट प्रगतिशील साहित्यको क्षेत्रमनाउदयमाननक्षत्रस्व। लेखनाथ ज्ञवाली एकदलिय व्यवस्था विरूद्द (पञ्चायत )राजनीतिक स्वतन्त्रताकोपक्षमाउभिएकाप्रभावसाली व्यक्तित्व देखिन्छन।उनले लेखेका

हाम्रा आवाज  गीतसग्रहमा प्रकाशित कृतिका शिर्षकहरूले दर्शाउछ।आमपाठक र सर्वसाधारण विच पुगेका अन्य कृतिका रूपमा यो पनि चिनिएको छ। यि सबै कृतिहरू विशेष गरि निरङ्कुसता विरूद्द जनतालाई सचेत वनाउनका लागि जनतालाई संगठित कसरी गर्न सकिन्छ ?  भन्ने उद्देश्यले प्रेरित छन।वर्गियरूपमा रहेको विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि सबै अग्रसर बनुन्भन्नेध्येयले नै उनी साहित्यतिरछिरेका र लेख्न थालेकाहुन भन्ने अनुमान पनि गर्न सकिन्छ।
स्व.साहित्यकारले हाम्रा आवाजहरू शीर्षक गीतको पुस्तकमा चऔंसठ्ठी ओटा गीतहरूले नेपाली समाज र समाजका पछौटे चिन्तन, वर्गविभेदका का रण जन्मिएका असमानताहरूलाई समाधानका लागि हुन र गर्न सकिने सम्मका समाधान हुने चेतना दिन खोजेका छन।समाज र परिवार भित्रका समानता र अभाव,वर्गविभेदले जर्जर भएर पलायनहुनु, सामाजिकइज्जतका लागि एकअर्काको देखासिखि गर्नु, कुलखानदानको आडम्बरीका कारण अन्यायगर्ने परम्पराबनाउनु,गरिवीकाकारण अन्याय र विभेदसहनु आदी तात्कालिन गाउँले जिवनको वाध्यता थियो भन्ने कुरा गरीबको छैन

घरबार जमिनकस्को र ? हलीको  नचिनेकोबाटोमा विदेशीको माटोमा नेपालीको लासैगन्हाउने, बेचेरआत्मालाई गुणगायक बन्नसकिन्न, बेइमानहरूको पाउ मायाले मल्न सकिन्न अलपत्र छोराछोरी अलपत्र जोईकहाँ जाओस भिखमाग्न दुईहात फोई  रुूूखाली हेर्दा मरनको रैछसमाचार,सरकारहो हामीलाई कतै लगीमार आदी गीतहरूका पङ्तीले आमजनता भित्ररहेको गरिबी, अन्याय, अभाव र राज्य संरक्षक भनिने र गनिनेबाट सत्ताको आडमा गरिएको सामाजिकन्याय विरोधी कार्यलाई सजिलै पढ्न र बुझ्नसकिन्छ।परिवार भित्र योजना र पारिवारिक आवश्यकता पूरा नभएका कारण जन्मेका आर्थिक सामाजिक र सास्कृतिक विचलनले उत्पन्न समस्या समाधानको उपाय नदेखेर आफ्नो र पारिवारिक आर्थिक सामाजिक सम्पन्नताका लागि विदेसिनुपर्ने पीडा र त्यसले परिवारमा पर्ने असमान्जश्यतालाई पनि सरल र सुक्ष्म ढङले चित्रण गरेको पाइन्छ।

साहित्यकार ज्ञवालीदेख्छनयहाँ उमेरमा पाइएन एकछेउँ जोर्न,बलछैन लाइएन आफ्नोठाउँकोर्नू छ्याल्लब्याल जिन्दगी यो पोखिएर झर्यो, बाटोभरि छरिएरअलपत्रपर्यो ,खेतखन्छ किसानले हिउँदवर्खा डढी,फुटीखान्छ शोषक लेडन्लपमा लडी बोलनेपाली जिन्दावाद आदी गीतमार्फतपीडा,र‍ोदनसहिदको विद्रोहलाई संकेत गरेको देखिन्छ।सोभाव निम्न हरफले झलकाउन सकिन्छ।
टेक्न पुगेक्यै जुनमा हामीले काँडा टेकौला
पुर्वमा घुम्ने ताराको ज्योति उज्यालो देखौंला।
हामीलाई छेक्ने बंगारा– बाधा फुटाउँदै मेटौला
भाग्यको रेखा कोर्नेलाई आजै
बोल नेपाली जिन्दावाद ,जिन्दावाद ,जिन्दावाद ।
फाँसीमा गाँठो सुर्केका पुर्खाका हामी चेलाहौ
बाँझो उधिन्ने वर्षाका हातका हामी ठेलाहौ।
रोइमरेको कङ्गाली जातीको माया बिर्सन्नौ
छातीमा टेक्ने बैरिलाई देखेर आजै तर्सन्नौ।
दुखको साटो फेर्नलाईआजै
बोलनेपाली जिन्दावाद ,जिन्दावाद ,जिन्दावाद
यी पङ्तीहरूकोश्रवणले मात्र पनि माटो प्रतिको ममता, कर्तव्य बोध स्वतन्त्र भुमिप्रतिको सम्मान मा जोकोही समर्पित हुने वातावरण बन्दछ।त्यसबेलाको व्यवस्था विरोधी सङ्गठनात्मक कार्यमा मात्रै यसको प्रयोग देखिन्न।यसले त देसप्रतिकोसम्मानकासाथैबलिदानीभावनापनिउतिकैजन्माउछ।जुनसुकै कामयायोजनामा उसकोकामप्रतिकोलगाव, अपनत्वरस्वामित्वलेकतिनिकटपुर्याउछर देखाउछभन्नेभावनापनिस्व। ज्ञवालीकागीतहरूलेजनतामाझपुर्याएकोछ।
व्यवस्थाकोविरोध गर्नुकोपछाडीरहेकोउद्देश्यकोपनिगौरवकासाथप्रशंसागर्न आतुर देखिन्छन कवि–
हिड्दाहिड्दैदोबाटोमा गोडारूक्नेहोकी ?
पीरलाग्छहिमालकोशिरझुक्नेहोकि ?
भुलीहाम्लाईसंसारले कहिँथुक्नेहोकि ?
हिड्दाहिड्दैदोबाटोमा गोडारूक्नेहोकि?
यी पङ्तीले यहाँ लाक्षणिक अर्थदिन खोजेको देखिन्छ।क्रान्ति होमिएकाहरूप्रतिको इमान्दारीता सगै प्रश्न पनि तेर्सिएको छ।व्यवस्थाका सञ्चालकहरूलाई चितबुझाउनेगरि अर्थलगाइदिन पनि असजिलो देखिन्न्।जनतालाई बुझाउन र बचाउनका लागि यो सरल र सान्दर्भिक रचना पस्कन सकेको देखिन्छ।उनको विचारमा कहिपनि खडेरी र विचारको विचलन पाइन्न।त्यसैले नै उनकोआस्थालाई पछि सम्म टिकाएको देखिन्छ।

म साहित्य प्रति थोरै रुचि र धेरै चाख राख्ने सिकारु हुँ।माक्र्सवादी विचारका परिपक्क र निडर अग्रज साहित्यकार त्यसमा पनि राजनीतिक  जागरणका योद्धाप्रति उनकोस्मृतिमा उनको कृति हाम्रा आवाजहरू  मार्फतसम्झने,नमनगर्नेर शब्द श्रद्धाञ्जली दिने मौका मित्र रम्भा पौडेलदिनु भएकोमा उहाँप्रतिभर प्रकट गर्न चाहान्छु।उहाँको सम्पुर्ण परिवारजन र प्रतिष्ठानले स्व. ज्ञवालीका कृतिहरू जनसाधारणमा पुर्याउन सकोस भन्दै लेखनाथ ज्ञवाली प्रतिका श्रद्धाञ्जली शव्दहरू विसर्जन गर्न चाहान्छु।

सीताओझा
अध्यक्ष
महिलाअध्ययन केन्द्र

594 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv