“”

अहिलेसम्म एमाले ६ प्रमुखसहित पहिलो, चार महानगरमा कहाँ को अगाडी ?

मङ्लबार, जेष्ठ २, २०७४



काठमाडौं । पहिलो चरणको स्थानीय तह चुनावमा चारवटा महानगरपालिका मध्ये ३ महानगरपालिका सहित धेरै ठाउँमा एमालेले अग्रता लिएको छ । अहिलेसम्मको अन्तिम परिणाम अनुसार एमाले बलियो देखिएको छ ।

भएका ३४ जिल्लाका २८३ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । केही ठाउँको अन्तिम परिणाम पनि आएइसकेको छ ।
स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ६, माओवादी केन्द्रले ५ र कांग्रेसले चार तथा स्वतन्त्र एक जनाले जितेका छन् ।

नेकपा एमाले डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ, डोल्पाको काइके गाउँपालिका – अंगद रानामनाङको चामे गाउँपालिका – लोकेन्द्र घलेमनाङको नेस्याङ गाउँपालिका – कान्छा घले मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापास्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी प्रमुख जितेका ठाउँ प्रमुखमा विजयी भएका छन् ।

नेपाली कांग्रेस तर्फबाट मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा ९निर्विरोध०मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले विजयी भएका छन् ।

माओवादी केन्द्रलेतर्फबाट जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्लडोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाहीकालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही   प्रमुखमा विजयी भएका छन् ।

मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी प्रमुखमा विजयी भएका छन् ।

1191 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank