हुण्डाईको नयाँ थ्री एस सेन्टर विराटनगरमा

बिहिबार, बैशाख १४, २०७४



विराटनगर । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्डको संयोजकतोमा नयाँ थ्री एस सेन्टर उद्धाटन गरेको छ ।
बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ ।

थ्री एस सेन्टरको उद्घाटन रोयल अटो वल्र्डका अध्यक्ष भिम प्रसाद पौडेल तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा लि का कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

बिराटनगरको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरमा ५ वटासम्म गाडिको सोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यस सेन्टरमा प्रति महिना ६०० वटासम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments