म कुनै पनि दबावमा नपरेर निष्पक्ष ढंगले काम गर्नेछु: निराला

आइतवार, पुस २०, २०७६



काठमाडौं । न्याय परिषदको सदस्यमा लक्ष्मीबहादुर निराला नियुक्त भएका छन । संसदीय सुनुवाई विशेष समितिले निरालाको नाम अनुमोदन गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा सरकारको कानुनी सल्लाहाकार रहेका वरिष्ठ अधिवक्ता निरालालाई समितिको आइतबार बसेको बैठकले न्याय परिषदको सदस्यमा अनुमोदन गरेको हो।

५४ वर्षको न्याय क्षेत्रको अनुभव आफूसँग भएको बताउँदै निरालाले न्याय परिषद्‌मा आफ्नो जिम्मेवारी इमानदारीकासाथ पूरा गर्ने बताए। उनले भने, जीवनको उत्तारार्धमा म त्यहाँ गएर यताउता गर्नुपर्ने केही छैन। तपाईंहरुको विश्वासलाई मैले आँच आउन दिने छैन। उनले न्याय परिषदको सदस्य भइरहँदा कुनै पनि गलत कार्य नहुने अभिव्यक्ति दिएका छन ।  म कुनै पनि दबावमा नपरेर निष्पक्ष ढंगले काम गर्नेछु। संविधानको भावना अनुसार काम गर्नेछु।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments