लक्ष्मी बैंकले गर्याे – प्रहरी चौकी निर्माणका लागि सहयोग

आइतवार, फाल्गुन १३, २०७४



सुनसरी। लक्ष्मी बैंक लिमिटेडले प्रहरी चौकी भवन निर्माणमा सहयोग गरेको छ । बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणको लागि रु ५ लाखको सहयोग प्रदान गरेको छ ।

उक्त बैंकको शाखा कार्यालयको समुद्घाटन समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई ५ लाखको चेक प्रदान गरेका छन् ।  उक्त समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख, गाउँपालिकका वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए । ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments