मैले जस्तो तिम्ले मायाँ गर्न, जानेको भए हुन्थ्यो

शनिबार, पुस १६, २०७३



गजल :

मैले जस्तो तिम्ले मायाँ गर्न, जानेको भए हुन्थ्यो
बिपद पर्दा सँगै जँघार तर्न, मानेको भए हुन्थ्यो ।।

मनभरी पाल्यौ आदर्श, र अहंकार उति बेला
पबित्र मन हैन रूपवती, छानेको भए हुन्थ्यो ।।

सधै भरी बाँच्नु पर्यो पराई, दासी जस्तो भएर
घर सजाउने गृहलक्ष्मी, ठानेको भए हुन्थ्यो ।।

स्वदेशमै जसोतसो, जीवन हाम्रो चलेकै थियो
परदेश नपसेर घर गृहस्थि, धानेको भए हुन्थ्यो ।।

उदेक लाग्छ आज उराठ, यो जिन्दगी देख्दा
मुटुभित्र दुख्नु भन्दा लाठी, हानेको भए हुन्थ्यो ।।

 लक्ष्मी पाण्डे”दीपिका”
काठमाडौ

1164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank