कांग्रेस नेता खड्काको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सचिव ४७ वर्षीय लक्ष्मण खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा खड्काको निधन भएको छ । वि.स. २०७४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा झापाको संसदीय क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट स्व. खड्का उम्मेदवार थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले झापाका सचिव खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । स्व. खड्काले नेपाली कांग्रेसको संगठनमा पु¥याएको योगदानको स्मरण गर्दै उनको निधनबाट पार्टीले अपूरणीय क्षति वेहोर्नु परेको बताएका छन् ।

साथै, देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । देउवाले भनेका छन् ‘नेपाली कांग्रेस स्व. खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank