तीन किलो चरेस सहित मगर पक्राउ

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुढंगाले तीन किलो १२ ग्राम चरेश सहित लक्ष्मण सिजाली मगरलाई पक्राउ गरेको छ ।

मकवानपुरको थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिजाली मगरलाई चरेशसहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले बताए ।

काठमाडौैंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९६७३ नम्बरको बस चेक जाँचको क्रममा लागु औषध चरेशसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सिजालीलाई म्याद थप गरि अनुसन्धान सुरू गरिएको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata