काँग्रेस नेता तथा पूर्वमन्त्री शाक्यको निधन

शनिबार, बैशाख २३, २०७४



काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान निधन भएको छ । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जानकारी दिए।

प्रधानकाअनुसार उनको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उहाँको आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ । स्व शाक्य २०४६ सालपछिको अन्तरिम मन्त्रिपरिषद्का आपूर्तिमन्त्री थिए ।

उनी विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो भन्डा लिएर प्रदर्शनमा उत्रदा जेल परेका थिए । सोही समयदेखि उनी मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित थिए ।

464 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank