ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

सोमवार, असार २३, २०७६



सुर्खेत । सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अबस्थामा ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गरिएको छ ।

नेत्र विक्रम चन्द समूहको गतिविधि निगरानीका लागि गस्तीमा रहेको प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार,बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र ६० थान केप फेला परेको हो।

उक्त विस्फोटक पदार्थ दन्दकालिन समयमा माओवादीले लुकाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । विस्फोटक पदार्थ फेला परेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप प्रहरी परिचालन गरेको प्रहरी नायब उपरीक्षक प्रदिप क्षेत्रीले जनाकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata