भारतमा बाँदर आतङ्क: केन्द्रीय सरकारी कार्यालयदेखि प्रधानमन्त्री भवनसम्म बाँदरको कब्जा

मङ्लबार, असार १७, २०७६



एजेन्सी । बाँदरलाई मानव पुर्खा भन्ने  गरिन्छ ।  यतिसम्म कि बाँदर र मान्छेको डीएनए पनि ९८ प्रतिशतसम्म मिल्ने गरेको पाइन्छ । पहिलेपहिले बाँदर जंगलमै रमाउँथे । तर अहिले तीव्र शहरीकरणले बाँदरहरुलाई विस्थापित गराइरहेको अवस्था छ ।

यस्तैमा पछिल्लो समय भारतको केन्द्रीय सरकारी कार्यालयहरुमा बाँदर आतङ्क मच्चाएको छ । प्रधानमन्त्री भवनदेखि सबै प्रमुख मन्त्रालयहरुमा बाँदरको झुण्डले  कब्जा जमाउन थालेपछि सरकारी अधिकारीहरुलगायत सर्वसाधारण समेत त्रासमा बस्नु परिरहेको बताइएको छ ।

खानेकुरा खोस्ने, पावर लाइन भाच्ने, झ्याल भित्र छिरेर महत्वपूर्ण डक्युमेन्ट समेत खोसेर च्यात्ने अनि भाग्ने गरेको गृह मन्त्रालयका एक कर्मचारीले बताएका छन्  ।

यस्तोमा भारतीय निकायले यस समस्याबाट राहत पाउनकै लागि बाँदरहरु डराउने लंगुरको प्रजातिको भेष बदल्ने मानिसलाई समेत राख्ने गरेको छ । तर जस्तोसुकै उपाय अपनाए पनि तिनीहरु केही समयमै फेरि फर्केर आउने गरेको पाइएको छ ।

वास्तवमा हिन्दु धर्म मान्नेहरुले बाँदरलाई भगवान हनुमानका रुप मान्ने हुनाले तिनलाई खुवाउने गरेका छन् । यस्तोमा बाँदरहरु मानिससँग डराउन छाड्ने हुँदा तिनलाई धपाउन झन कठिन बन्दै गएको बताइएको छ ।

यसरी बाँदरको जनसङ्ख्या बढ्दै जानुले तिनीहरु र मानिसबीचको झडप पनि उत्तिकै बढाइरहेको छ । गत नोभेम्बरमा मात्र एउटा १२ दिने शिशुको बाँदरको टोकाइकै कारण मृत्यु भएको थियो । त्यस्तै अक्टोबरमा पनि एक ७५ वर्षीय वृद्धले बाँदरको आक्रमणकै कारण ज्यान गुमाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank