प्रदेशसभा सदस्य लामिछानेको निधन

सोमवार, बैशाख ३१, २०७५



भक्तपुर ।

प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मिएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो ।

आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ ख नेकपा एमाले बाट निर्वाचित भएका लामिछाने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।
सोमबार अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।

61 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank