४ सय घर लालपुर्जा विहिन

आइतवार, बैशाख १, २०७६



अछाम ।  मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जा विहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् ।

तत्कालीन ठाँटी गाविसमा २०४५/४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो । तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो ।

तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो । ०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank