खसेभन्दा बढी परिणाम आएपछि ललितपुर महानगरको वडा नम्वर १५ मा देखियो विवाद

शुक्रबार, जेष्ठ ५, २०७४



ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना क्रममा वढी मत देखीएपछि विवाद भएकोछ । वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत देखिएपछि एमालेका प्रतिनिधिले मतगणना कार्यक्रम बहिस्कार गरेका छन् ।

एमाले प्रतिनिधि केशव व्यञ्जनकारका अनुसार वडामा ३ हजार २४६ मत खसेको हो । तर, अहिले २६ मत बढी देखिएको छ । पुनः मतगणना गर्नुपर्ने उनको माग छ ।

नभए अन्य वडाको मतगणनामा रहेका प्रतिनिधिलाई पनि फिर्ता बोलाउने एमालेले चेतावनी दिएको छ ।

831 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank