ललितपुर महानगरको पाँच वटा वडामा मतगणना सम्पन्न, चार स्थानमा एमाले र एक स्थानमा कांग्रेस विजयी

मङ्लबार, जेष्ठ २, २०७४



काठमाडौं । ललितपुर महानगरपालिकाको ५ वटा वडाको मतगणना सकिदा चार वटा वडामा नेकपा एमाले विजयी भएको छ भने एक वडामा कांग्रैस विजयी भएको छ । सोमबार १ र २ वडाको परिणाम आएको थियो भने मंगलबार अपराह्नसम्म ३, ४ र ५ को गणना सकिएको हो ।

एमालेतर्फ ललितपुर महानगर वडा नम्बर २ मा राजेन्द्र महर्जन विजयी भएका छन् । यस्तै, ३ नम्बर वडामा श्रीगोपाल महर्जनको प्यानलै विजयी भएको छ ।

४ नम्बरमा एमालेका नारायण कोसी र ५ नम्बर वडामा एमालेकै विकास महर्जनको प्यानल नै विजयी भएको छ । कांग्रेसका ओम तण्डुकारले वडा नम्बर १ मा जित हात पारेका हुन् ।

2229 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank