ललितपुरको महालक्ष्मी नगरको पाँच वटै वडामा एमाले विजयी

बुधबार, जेष्ठ ३, २०७४



काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको १ देखी ५ नम्वर वडा सम्मको मतपरिणम सार्वजनिक भएको छ । जस अन्तरगत पाँचै वटा वडामा एमालेको प्यानलनै विजयी भएको छ । वठा नम्वर १ मा एमालेका नन्द न्यौपानेले ६ सय ९३ मत ल्याएर विजयी भएकाछन् भने उनका प्रतिद्वन्दी माओवादी केन्द्रले ३ सय ६२ मत ल्याएको थियो ।

त्यस्तै वडा नम्वर २ मा राम बहादुर केसी ४ सय ६१ मत ल्याएर विजयी भए भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले २ सय ७६ मत प्राप्त गरेको छ । त्यस्तै वडा नम्वर ३ मा कुवेर केसी ६ सय २४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले ५८३ मत प्राप्त गरेको छ । त्यसैगरि वडा नम्वर ४ मा लक्ष्मण रोक्का ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले १ सय ८६ मत प्राप्त गरेका छ ।

त्यस्तै वडा नम्वर ५ मा राजकुमार सिलवाल ८ सय २७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले ७ सय ८९ प्राप्त गरेको छ । यसैबीच महालक्ष्मी नगरपालिकामा अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमाले अग्र स्थानमा रहेको छ । एमालेका मेयर पदका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् भने उनलाई पछ्यउँदै नेपाली कांग्रेस २ हजार ६० मतमा छ । त्यस्तै उपमेयरमा पनि एमालेकै निर्मला थापा ४ हजार ३ सय ८७ मतका साथ अगाडी छिन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसको २ हजार ५२ मत रहेको छ ।

4277 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank