ललितपुरको एक नगर र एक गाउँपालिकाको वडामा काँग्रेस

मङ्लबार, जेष्ठ २, २०७४



ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसको समूह विजयी भएको छ । अन्तिम मत परिणामअनुसार काँग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेकाछन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन् ।

त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा काँग्रेसको समूह विजयी भएको छ । काँग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गरे ।

त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि काँग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका विजय लोले ४८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गरेका छन् ।

587 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank