ललिता निवास प्रकरणः पूर्वमन्त्री गच्छदार सहित १७५ जना विरुद्ध मुद्धा दर्ता

बुधबार, माघ २२, २०७६



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वालुवाटार स्थित ललिता निवासको जग्गा घोटालाका विषयमा विशेष अदालतमा मुद्धा दायर  गरेको छ ।

अख्तियारले १७५ जना विरुद्ध मुद्धा दर्ता गरेको हो । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यस्तै पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । ब्यापारी मीनबहादुर गुरुङ विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

ललिता निवासको जग्गा प्रकरणमा संग्लग्न विरुद्ध अख्तियारको आयोगद्वारा गठित टोलीले मुद्धा दर्ता गर्ने निर्णय गरेसँगै मुद्धा दर्ता भएकाे हाे।

अख्तियारले मुद्दा दायर भएका ६५ जनाबाट जग्गा जफत गर्ने र बाँकीलाई बीगो सहित सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ। आयोगले विजयकुमार गच्छदारसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, डम्बर श्रेष्ठसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, चन्द्रदेव जोशीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

त्यस्तै पूर्व सचिवहरु दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ, दिनेशहरि अधिकारीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ र छविराज पन्तसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको छ। त्यस्तै भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ११ करोड २० लाख रुपैयाँ र शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments