लालबन्दीमा बस दुर्घटना

आइतवार, बैशाख १, २०७६



लालबन्दी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८ नम्बरको बस पल्टेर दुर्घटना भएको  प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै दुहबी नगरपालिका बस्ने २३ वर्षीय अनिल उराव र मोरङको बूढीगंगा गाउँपालिका ६ बस्ने २२ वर्षीय बबली राउतको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाले बताए  ।

उनीहरुको लालबन्दीस्थित सिटी केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । घाइतेमध्ये चार जनालाई विराटनगर र बाँकीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank