मोदीको अभिनन्दन समारोहः पदीय हैसियत भन्दा बाहिर मुख्यमन्त्रीको भाषण

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल सरकारकै आलोचना गरेका छन् ।

उनले नेपालको संविधानसँग जोडेर केन्द्र सरकारले मधेसीलाई विभेद गरिरहेका बताए । उनले संविधानलाई ‘विभेदकारी’को संज्ञा दिए । सरकारका मुख्यमन्त्रीले पार्टीको नेताको हैसियतमा मात्रै भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा आफ्नै सरकारको आलोचना गरेका हुन् ।

नयाँ संविधानको व्यवस्थाअनुसार शपथ खाएका मुख्यमन्त्रीले अन्तर्राष्ट्रिय पाहुना उपस्थित मञ्चबाट संविधानको विरोध गर्नुलाई दुभाग्र्यपूर्ण रहेको विश्लेषकहरुले बताएका छन् ।

भारतले समेत संविधानको स्वागत गरिरहेको बेला दुई राष्ट्रलाई जोड्ने गरि भइरहेको कार्यक्रममा मुख्यमन्त्रीले संविधानको विरोध गरेका हुन् । सम्वोधनका क्रममा मुख्यमन्त्री राउतले नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलको नाम समेत उच्चारण गरेनन् । मोदीले भने नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गरे

224 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank