मुख्यमन्त्री राउत गरे जनकपुरधामकोे सफाई

बुधबार, मंसिर १९, २०७५



काठमाडौं । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम क्षेत्रको सरसफाई गरेका छन् । आफैं झाडो बोकेर मुख्यमन्त्री राउतले विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामकाे  बृहत सरसफाइ कार्यक्रममा सहभागी बनेका हुन् ।

यहि मंसिर २६ गते दिउँसो १ बजे रामसीताको स्वयंवर एवंम शुभ विवाह यसै दिन साँझ ६ बजे गर्ने लग्न तय भएपछि मुख्यमन्त्री रावतको नेतृत्वमा बाह्रविघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका स्थानमा सफाइ गरिएको हो ।

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल , प्रहरी, विद्यार्थी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank