कर्मचारी आन्दोलनको अर्थ छैन, काम नगरी बढी सेवा सुविधा पाइदैनः मन्त्री पण्डित

शुक्रबार, चैत्र १६, २०७४



सर्लाही । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले गरिरहेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीहरुसँग शुक्रबार कुरागर्दै मन्त्री पण्डितले विकासलाई रोकेर अर्बौँ रुपैयाँ खर्च गरी कर्मचारीलाई बिदा गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

अबको एक महिनाभित्र सबै ठाउँमा कर्मचारी पुगिसक्ने उनको दावी छ । अपुग भएको ठाउँमा प्रविधीमैत्री र सक्षम नयाँ युवा जनशक्ति नियुक्ति गरेर भएपनि जनताको सेवा र विकासलाई गति दिने प्रतिवद्धता व्यक्त गरे ।

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank