मोदीको भ्रमण सफल बनाउन हामी अहोरात्र खटिरहेका छौंः मन्त्री पण्डित

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई पूर्ण रुपमा सफल बनाउन सरकारले आवश्यक तयारी गरिसकेको बताएका हुन् ।

उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउन सरकार, यहाँका वैधानिक राजनीतिक दलहरू, सामाजिक संघ-संस्थाहरू सक्रिय भएर लागि परिरहेका छन्, अहिले हामी उहाँको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौं, वास्तवमै भन्ने हो भने एक हिसावले तिव्र रफ्तारमा काम भैरहेको छ ।’

मोदीलाई जनकपुर विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्रीले स्वागत गर्ने उनले जनाए । त्यस्तै जनकपुरको जानकी मन्दिरमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा पूजा गर्ने कार्यक्रम रहेको पनि मन्त्री पण्डितले बताए ।

भ्रमणको दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरू हुने पनि उनले जनाए । त्यस्तै उनले मोदीसँग राजनीतिक भेटघाटहरू पनि हुने बताए । नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण जसरी सफल भएको थियो, ठिक त्यसैगरि मोदीको नेपाल भ्रमणलाईपनि सफल बनाउन आफूहरू लागि परिरहेको उनको विश्वास थियो ।

62 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank