अटेर गर्ने कर्मचारी र विभागीय प्रमुखलाई कारबाही गर्छु: मन्त्री पण्डित

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालयले खटाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारी र बिभाभगीय प्रमुखलाई कारबाही गर्ने बताएका छन्।

संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले खटाएको कार्यक्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक पत्रचार गरेको छ । अघिल्लो पटक दिएको निर्देशनलाई अटेर गर्दै अघिकांश कर्मचारी अझै पनि केन्द्रमै रहेको पाइएपछि सम्वन्धित निकायलाई पत्राचार गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

कर्मचारी संगठनको आड र राजनीतिक पहुँचको भरमा सरकारी निर्देशन अटेर गर्ने कर्मचारी विरुद्ध सरकार अब कडा रुपमा प्रस्तुत हुने मन्त्री पण्डितले चेतावनी दिए । उनले भने- कर्मचारीको हाजिरी जाँच भईरहेको छ अब अटेर गर्ने कर्मचारीलाई मात्रै होइन, निर्देशन पालना गर्न नसक्ने विभागीय हाकिमलाई पनि कारवही गर्छु । मुलुक संघीयतामा गईसकेपनि निजामति कर्मचारीहरु भने सरकारले तोकेको स्थानीय तहमा जान आनाकानी गरीरहेका छन् । जसका कारण प्रशासनिक काममा असर परिरहेको छ ।

105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank