कर्मचारी कै कारण सरकार अप्ठ्यारोमा: मन्त्री पण्डित

शुक्रबार, साउन ३, २०७६



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनमा सुधार हुनु पर्नेमा जोड दिएका छन । उनले कर्मचारी प्रशासन सुधार नभए कै कारण सरकार अफ्ठ्यारोमा परेको बताए ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै मन्त्री पण्डितले सरकारको निर्णय कर्मचारीले मान्दिन भन्न पाउँछ ? भन्दै प्रश्न गरे ।

मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई जवाफदेही  र परिणाममुखी बनाउन जस्तो सुकै कदम चाल्न पनि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । उनले कार्यालय समयमा कार्यालय बाहिरका काम गर्ने कर्मचारीलाई कार्बाही गर्ने समेत चेतावनी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata