एनजिओलाई प्रतिबन्ध लगाउँछौं : मन्त्री पण्डित

बिहिबार, असार ५, २०७६



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना स्थानिय तहमा कार्यक्रम गर्ने एनजिओलाई प्रतिबन्ध लगाइने बताएका छन ।

बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले गैर सरकारी संस्थालाई सरकारले नियम गर्ने उल्लेख गरे । जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको बताए ।

उनले सरकारसँग समन्वय गरेर मात्र गैरसरकारी संस्थाले काम गर्नु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank