लोकसेवा आयोगकाे विज्ञापन संविधान सम्मत : मन्त्री पण्डित

सोमवार, जेष्ठ २७, २०७६



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले आब्हान गरेको विज्ञापन संविधान सम्मत भएको बताएका छन ।

लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी नभएको भन्दै चौतर्फी विरोध भइरहेको बेला मन्त्री पण्डितले त्यसको बचाउ गरेका छन ।

लोकसेवाले आब्हान गरेको विज्ञापनमा विषयमा उठेका प्रश्नको जवाफ दिन सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले ऐनअनुसार लोक सेवा आयोगले विज्ञापन आव्हान गरेको दाबी गरे । उनले भने,‘पुरानो निजामति ऐनमा जे व्यवस्था छ, त्यहीअनुरुप आयोगबाट विज्ञापन भएको हो।’ मन्त्री पण्डितले अहिले प्रदेश लोकसेवा आयोग बन्न नसकेकाले संघीय लोकसेवा आयोगले नै कर्मचारी भर्नाका लागि विज्ञापन गरेको स्पष्ट पारे ।

राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित रहेका मनत्री पण्डितले विधि विधान र संविधानमा आधारित रहेर विज्ञापन गरेको बताए । उनले प्रदेश लोकसेवा आयोग नबनेको र छिटो कर्मचारी समायोजन गर्नुपर्ने बाध्यताले अहिले विज्ञापन गरिएको प्रष्ट पारे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata