समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती हुँदैन: मन्त्री पण्डित

बुधबार, बैशाख २५, २०७६



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहको समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती नुहने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार ‘संघीय निजामती सेवा ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै मन्त्री पण्डितले निजामती सेवा ऐन र स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्था अनुसार त्यसको आधार र मापदण्ड तयारी भइरहेको बताए ।

उनले प्रदेश र स्थानीय तहको अधिकार कटौती नहुने गरी दुवै तहको निजामती सेवा ऐनको आधारमा मापदण्ड बनाउनेमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बैठकमा समितिका सदस्यहरुले प्रदेश र स्थानीय तहका कटौती नहुने गरि निजामती ऐन बनाउनु पर्नेमा जोड दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata