ऐन पारित हुने वित्तिकै कर्मचारी समस्याको हल हुन्छ : मन्त्री पण्डित

बिहिबार, बैशाख ५, २०७६



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘संघीय निजामती सेवा ऐन’ पारित भएपछि कर्मचारीको अभाव नहुने बताएका छन् । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरुको वृद्धि विकास नरोकिने समेत स्पष्ट पारे ।

ऐन पारित हुनेबित्तिकै संघ, प्रदेश र स्थानीय तहमा जनशक्तिको अभाव नहुने गरी सरकारले आफ्नो कामलाई तीव्रता दिने जनाएका छन् ।  मन्त्री पण्डितले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata