गृहमन्त्री बनेर न्याय दिलाउने लालबाबुको चाहना

मङ्लबार, माघ २, २०७४



काठमाडौँ, सामान्य प्रशासनमन्त्री भएपछि चर्चामा आएका लालबाबु पण्डित कांग्रेसको गढमा चर्चित नेता डा. शेखर कोइरालालाई पराजित गरेपछि थप चर्चामा छन् । कार्यसम्पादनमा अब्बल सावित भएका पण्डितले गृहमन्त्रालयको जिम्मेवारी पाए अन्यायमा परेका जनतालाई न्याय दिलाउन सकिने बताएका छन् ।

नेपालपाटी डटकमसँग संक्षिप्त कुरागर्दै पाण्डितले भनेका छन् ‘देशमा छिटो परिवर्तन गराउने, शान्ति सुरक्षा कायम गराउने, दण्डहिनताको अन्त्य गर्ने र न्याय दिलाउने गृहमन्त्रालयले हो । विकास निर्माण लगायतका काम गर्न थुप्रै मन्त्रालय छन् । देशको कुनै पनि मन्त्रालय चलाउन सक्दिनँ भन्ने छैन ।’

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका पण्डितले कार्यसम्पादनको आधारमा मन्त्री छनोट गर्नुपर्नेमा जोड दिए । उनले आफूलाई जे जिम्मेवारी दिएपनि इमान्दारिपूर्वक कार्यसम्पादन समेत बताए । उनले भने ‘मलाई मतदाताले जिताउनुभएको छ । कार्यकारी भूमिकामा आउनुस भन्ने शुभकामना दिनुभएको छ । बाँकी कुरा भविश्यले निर्धारण गर्नेछ । भावी सरकारमा काम गर्न सक्ने मानिसहरु जानुपर्छ भन्ने मेरो कामना छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments