सुफी दार्शनिक एवं सन्त ‘कलन्दर’को समाधिस्थलमा भक्तजनको भिड (हेर्नुहोस् १० फोटोमा !)

बिहिबार, बैशाख १२, २०७६



काठमाडौं । सुफी दार्शनिक एवं सन्त लाल शाहबाज कलन्दर सुफी गितहरुमा खुबै सुनिने नाम हो । ‘दमादम मस्त कलन्दर’, ‘झूलेलाल कलन्दर’ जस्ता गीतहरु उर्दु भाषीको मात्रै नभई भारतीय, बंगाली एवं नेपालीहरुको पनि औधी प्रिय गीत हो ।घ्ह्द्द

कलन्दर पश्तोन, फारसी, तुर्की, अरबी, सिंधी तथा संस्कृत सम्प्रदाय, भाषा र रहनसहनको जानकार थिए । यसकारण उनका कविता र गीतहरुमा जीवन दर्शनका अजरअमर भावहरु भेटिन्छन् । मिज़ान-उस-सुर्फ, किस्मन-ए-दोयुम, अक्दा और जुब्दांह जस्ता उनीद्वारा रचित किताबहरुले आज पनि खोजीखोजी पढिने गरिन्छ ।

ls3

गौरी वंशका कलन्दर सन् ११७७ मा जन्मिएका थिए । कलन्दर र फारसी प्रख्यात कवि रुमी समकालीन थिए भन्ने उल्लेख विभिन्न खोजकर्ताले पटक-पटक उल्लेख गरिरहेको पनि भेटिन्छ ।

बाबा कलन्दर, सन्त लाल तथा लाल कलन्दर जस्ता उपनामले प्रख्यात उनको नाम सैयद मुहम्म द उस्मानन मरवंदी हो । उनको ९८ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको मृत्यु पश्चात सन् १३६५ मा उनको चिहान भएको ठाउँ अर्थात उनको समाधिस्थलमा ‘दरगाह’ निर्माण गरिएको छ । दरगाहले  इस्लामी मुलका मानिसहरुका भक्तिभाव जडित पुण्यस्थानलाई बताउँछ ।

ग्फ्ह्फह्द - Copy

आफ्ना रसयुक्त, भक्तीयुक्त, प्रेरणादायकसंगीत र कविताकाका कारण नौ सय वर्ष अघिका कलंदर हालसम्म पनि प्रख्यात छन् । उनी आफ्ना कविता र गीत सुनाउन जहाँजहाँ पुग्थे त्यहाँत्यहाँ उनी रातो वस्त्रमा(लाल वस्त्र) मा देखिन्थे । यसैकारण पनि उनको नाम अगाडी लाल जोडिएको मानिन्छ ।  इरान, खासा, भारतको दक्षिण पूर्वी इलाकामा उनले यात्रा गरेका थिए ।

ग्फध्ग्ध - Copy

भक्तजनहरु पनि रातो वस्त्रमै ‘दरगाह’ पुग्ने गर्दछन् ।

फ्ग्स

आज सोही ‘दरगाह’मा देशभरका सयौं भक्तजान एकसाथ जम्मा भएका छन् । पाकिस्तानको सिन्ध प्रान्त स्थित सह्वान सारिफमा आज देखि तीन दिनसम्म मेला लाग्दै छ । १६ फेब्रुअरी २०१७ मा यस ‘दरगाह’ मा सुसाइड एट्याक पनि भएको थियो । त्यस  एट्याकमा ८० जनाको मृत्यु भएको थियो ।

फ्घद्ध्फ़

विदेशी तथा स्थानीयहरुको उपस्थितिले  सह्वान शहर भरिभराउ भएको छ । टेन्ट, लत्ताकपडा र खानेकुरा सहित स्थानीयहरु उक्त ‘दरगाह’ मा पुग्ने क्रम बाक्लिदै छ ।

ग्घ्द्फ़ - Copy

भित्ताहरुमा सुरक्षाको हेतुले ५, ००० प्रहरी तैनाथ गरिएको छ । भित्ताहरूको सुरक्षाको लागि फुटपाथ र ‘दरगाह’ परिसर भित्र  सीसीटीवी क्यामेराहरू जडान गरिको छ ।  नियम मिच्न नदिन र शान्ती बनाइ राख्न १००० भन्दा बढी ‘रेन्जर अधिकारी’हरू नियुक्त गरिएका छन् ।

११ - Copy

विभिन्न प्रकारका मिठाइ, पेय पदार्थको स्टल लागेको छ ।

१ - Copy

लाल सहवाजको समाधिस्थल रहेको यस  ‘दरगाह’बाट नै  सम्पूर्ण धर्म, जातिहरुको सृष्टि निरन्तरताको क्रम चलिआएको मानिन्छ ।यसकारण यहाँ सम्पूर्ण धर्मावलम्बीहरुलाई प्रवेश खुला गरिएको छ । जुनसुकै धर्म, सम्प्रदाय यहाँ आइ सुफी-यात्रामा संग्लन हुन् सक्नेछन् ।

फ्ग्ग्स - Copy

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata