नेकपाका सांसदद्वारा मन्त्रीको राजीनामा माग, रातोकिताव फिर्ता

बुधबार, असार ४, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्।

बजेटमा बिभेद गरेको भन्दै सांसद थापाले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री महासेठको राजीनामा माग गरेका हुन ।उनले मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको तर हिमाली जिल्ला बाजुरा लगायतका २० वटा जिल्लामा कुने पनि बजेट विनियोजन नगरेको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरे ।

मन्त्री महासेठले आफ्नो जिल्लामा रणनैतिक योजना मात्रै ७९ वटा राखेको तथा पक्कि पुलका ५९ योजना राखेको बताउँदै सांसद थापाले आक्रोश व्यक्त गरे । उनले भने, हामीले मन्त्रीलाई हेर्नै नहुने भयो। मन्त्री अब्बल दर्जाको जनप्रतिनिधि हुने भयो। योजना माग्दा मन्त्रीबाट हप्की खानुपर्ने भयो। महाराज मलाई नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो।

उनले पूर्वाग्रही गर्ने मन्त्री महासेठलाई पदमुक्त गर्दै अनुशासनको कार्वाही गर्नु पर्नेमा माग गरे । साथै उक्त मन्त्रालयले दिएको पुस्तक मन्त्रीलाई नै फिर्ता गरेका छन । यो पुस्तकले बाजुराली जनताको अपमान हुने भएकाले पुस्तक लिन नसक्ने भन्दै आक्रोश पोखे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata