विप्लवलाई मूलधारमा आउन ढोका खुल्ला छ: मन्त्री पण्डित

बिहिबार, फाल्गुन ३०, २०७५



जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द विप्लवलाई मुलधारमा आउन आब्हान गरेका छन् ।

विहिबार जनकपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले विप्लवसँग सरकारले निमत्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खोलेको बताए । मन्त्री पण्डितले वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला छ भन्दै सरकारले सबैलाई मूलधारमा ल्याउन चाहेको बताए ।

फरक प्रशंगमा बोल्दै उनले संविधानको मर्म बमोजिम नै सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेको जनाएका छन् । राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै उनले जनअभिमतको आशय निर्वाचन भएको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank