लागूऔषध सहित एक विदेशी र दुई नेपाली पक्राउ

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं ।  लागूअाैषध सहित एक विदेशी र दुइ नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा  क्लाइमबिङ्गबाट पासपोर्ट नम्बर ६५९५३१८ बाहक रसियन नागरिक पावेल सिलीटीनालाई लागूऔषध चरेस १५‍.४५ ग्राम, डिफिलेक नामक चक्की ६ थान र अल्बेन्डाजोल नामक चक्की १२ थान सहित काठमाडौं महानगरपालिका–१६ पक्नाजोल स्थित काठमाडौं स्पोर्टबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ प्रस्यार्ङ बस्ने महोतरी बर्दीबास नगरपालिका–४ घर भएका २७ वर्षीय दिनोक पाण्डे तथा धनुषा मिथिला नगरपालिका–४ घर भएका २४ वर्षीय मुक्तिकुमार बुढाथोकीलाई प्रहरीले विभिन्न लागूऔषध सहित पक्राउ गरेको जनाएकाे छ ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखराबाट खटिएको प्रहरी टोलीले बिहीबार बुढाथोकीलाई पोखरा लेखनाथ महानगरपालिका–९ महेन्द्रपुल स्थित ज्योति होटेल एण्ड रेष्टुरेण्टबाट झोलामा लुकाई राखेको लागूऔषध नाईट्रोसन १ सय २४ ट्याब्लेट, गाँजा १० ग्राम र १ थान मोबाईल तथा पाण्डेलाई हेलमेट भित्र लुकाई राखेको अवस्थामा नाईट्रोसन ३० ट्याब्लेट, मोवाईल २ थान र ग.१३ प ६७८ नम्बरको सुजुकी मोटरसाईकल १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

93 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank