लप्सीफेदीमा बस दुर्घटना, तीनको मृत्यु

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । काठमाडौंको लप्सीफेदी(नगरकोट नजीकैको क्षेत्र)मा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएको साँखु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

मृतकको सनाखत हुन नसकेको र घाइतेलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पताल पठाईको पन्थीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata