लायन्स वर्ष अध्यक्षमा थापा निर्वाचित

शनिबार, जेष्ठ ३, २०७७

- सागर थापा



काठमाडौँ । लायन्स वर्ष २०२०/०२१ को अध्यक्षमा द्रोण विक्रम थापा निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रवार बसेको लायन्स क्लब अफ काठमाडौँ छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स वर्ष २०२०/२१ को अध्यक्षमा थापालाई निर्विरोध निर्वाचित भएका हुन ।

क्लब अध्यक्ष कुमार नेपालीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि रिजन चियर पर्सन शिवहरि तिमिल्सिना समेतको उपस्थितिले नयाँ समितिमा प्रथम उपाध्यक्ष, पेमा लामा, द्वितीय उपाध्यक्ष सुमन कार्की, सचिव किरण पोखरेल र कोषाध्यक्ष राकेश पाण्डे निर्विरोध निर्वाचित हुनु भएको क्लबका अध्यक्ष कुमार नेपालीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments