नेता सरकारी सयरमा, पुर्वलडाकु अस्पतालको सैयामा

बुधबार, मंसिर २९, २०७३

- धनवीर दाहाल



रुकुम । तत्कालिन जनयुद्धको समयमा देशमा गणतन्त्र आएपछि सबै थोक पाइन्छ भनेर जनयुद्धमा होमिएका सल्यान मर्मा ८ का प्रेम परियारलाई यतिबेला उपचारको खाँचो छ । उनकै पार्टी नेकपा माओवादी केन्द्र यतिबेला सरकारको नेतृत्व गरिरहेको छ तर परियार थला परेका छन् ।

२०५८ सालमा बलिदान साँस्कृतिक परिवारमा आवद्ध भएर उनले थुप्रै क्रान्तिकारी गीत गाएका छन् । जुन गीतको आडमा तत्कालिन छापामारहरुले आफ्नो मनोवल बढाउने गर्दथे । उनले सामना परिवार, प्रतिरोध सांस्कृतिक परिवार लगाएतका माओवादी निकट धेरै संस्थाहरुमा रहेर काम गरे । राम्रो गायन कला भएका परियार २०६० को म्याग्दी आक्रमण तथा रुकुमको खारामा भएको दोस्रो आक्रमणमा पनि सहभागी भएका थिए । लडाइमा घाइते भएका परियार यतिबेला अस्पतालमा छटपटाइरहेका छन् ।

 उपचारको लागी आर्थिक अभाव अहिले उनको सबैभन्दा ठुलो समस्या हो । साँझ बिहानको छाक टार्नउनले श्रीमतिलाई दोहोरी साँझमा काम लगाएका छन् । पार्टीमा आफुले धेरै लगानी गरेको भएपनि आफुलाई समस्या पर्दा कसैले नहेरेको उनको दुखेसो छ । उनका दम्पतीका अलावा एक छोरा पनि छ । छोराको पढाईको त कुरै छाडौ उनी सँग औषधीका लागी आर्थिक नै छैन ।

श्रीमतिको दोहरी साँझबाट आएको कमाईले खान पनि नपुग्ने उनले बताए । ललितपुरको धोबीघाट स्थित म्यानुल थेरापी एण्ड पेन रिलिक सेन्टरमा उपचार गराइरहेका २१ बर्षका प्रेम परियारको नसा च्यापिएको र एक बर्ष सम्म उपचार गर्नुपर्ने डक्टर किशोरलाल श्रेष्ठले बताए । परियारले सहयोगका लागी सबैसँग आग्रह पनि गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments