विदेश जाने श्रम स्वीकृति लिन अब अनलाइन टोकन लिनुपर्ने

बुधबार, पुस २६, २०७४



काठमाडौं । वैदेशिक रोजगार विभाग श्रमग्राम ताहचलले व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन लिनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । यसबाट अबदेखि छिटो अनलाइन फारम भर्नेलार्इ छिटो काम हुने गरी टोकन नम्बर पार्इने व्यवस्था हुनेछ ।

विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आउन थालेकाे भन्दै विभागले काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको र अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउने भएका छन् ।

टोकनमा सेवा लिने समय पनि उल्लेख हुने हुँदा श्रम स्वीकृति लिन पहिलेभन्दा सहज हुने, भीड घट्ने र दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अनुमान गरिएकाे छ ।

741 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank