‘एक परिवार, एक रोजगार’ का लागि तयारी गरिरहेको छुः मन्त्री विष्ट

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘एक परिवार एक रोजगार’ को नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधिसँगले गरेको शिष्टाचार भेटमा मन्त्री विष्टले रोजगारीका अवसर सिर्जना गर्न र श्रमिकको श्रमको उचित पारिश्रमिक सुनिश्चित गर्न उत्पादन प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले आगामी दिनमा सरकारले श्रम र श्रमिककोे सम्मान जगाउने गरी बृहत अभियान गर्ने सोंच बनाएको समेत जनाए । साथै रोजगारीको माग र आपूर्तिबीच सामन्जस्यता कायम गर्न सूचना व्यवस्थापन प्रणालीको महत्वका बारेमा प्रकाश पार्दै उनले सीपयुक्त जनशक्तिको प्रक्षेपण समेत गर्नेगरी सूचना प्रणालीको स्थापना र विकास गर्ने कार्यमा संयुक्त राष्ट्र संघ अन्र्तगतका निकायहरुबाट सहकार्य हुने अपेक्षा समेत गरे ।

विष्टले नेपालको संविधानले परिकल्पना गरेको समतामूलक आर्थिक समृद्धिको उद्देश्य प्राप्तीका लागि श्रम तथा रोजगार क्षेत्रका हरेक चुुनौतिहरुको सामना गर्न सरकार प्रतिबद्ध रहेको बताए । संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधिले मन्त्रालयको तर्फबाट गरिने सुधार प्रयासमा संयुक्त राष्ट्र संघ अन्र्तगतका निकायहरुको निरन्तर सहयोग र सहकार्य रहने बताएका थिए ।

78 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank