विराट कोहलीको बैंगलोरले हात पार्यो पहिलो जित

आइतवार, बैशाख १, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)को २८ औं खेलमा  किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै  विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेनजर्स बैंगलोरले पहिलो जित निकालेको छ । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो ।

कप्तान कोहली र ए डिभियर्सले अर्धशतक प्रहार गरेपछि बैँगलोरले शनिवार किंग्स एलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको हो।

यस सिजन लगातार ६ हार बेहोरेपछि बैंगलोरले पहिलो जित हात पारेको हो। बैंगलोरको लागि कोहलीले ५३ बलमा ८ चौका प्रहारसहित ६७ रन बनाए। यस्तै डे भिलियर्सले ३८ बलमा २ छक्का र ५ चौका प्रहार सहित नटआउट ५९ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए।

पञ्जावले दिएको १७४ रनको लक्ष्य बैंगलोरले ४ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको हो।

अन्तिम ३ बलमा बैंगलोरलाई जितका लागि ३८ रन चाहिएको अवस्थामा १८औँ ओभरमा १८ र १९औँ ओभरमा १४ रन जोडेको थियो। अन्तिम ओभरमा मार्कुस स्टोइनिसले पहिलो बलमा चौका र दोस्रो बलमा २ रन लिँदै जित पक्का गरे।

त्यसअघि क्रिस गेलको नटआउट ९९ रनको मद्दतमा पञ्जावले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो। ओपनर गेलले ६४ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरे। यस्तै लोकेश राहुल र मन्दीप सिंहले १८-१८ तथा मायांक अग्रवाल र सर्फ्राज खानले समान १५ रन जोडे। बैंगद्यवरका युजभेन्द्र चाहलले २ विकेट लिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank