कुवेतबाट नेपालीलाई लिएर दोस्रो विमान पनि काठमाडौं आइपुग्यो

बिहिबार, जेष्ठ २९, २०७७



एजेन्सी । खाडी मुलुक कुवेतबाट नेपालीलाई लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरित भएको छ । विभिन्न कारणले अवैधानिक बनी आममाफी पाएर घर फर्किएका नेपाली महिला लिएर आएको दोस्रो जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा १२ः१४ मा अवतरण गरेको हो ।

जजिरा एयरलाइन्सको उक्त विमानमा १ सय ३९ जना नेपाली महिला रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि सोही एयरलाइन्सको अर्को विमानले पनि नेपाली महिलाहरूलाई काठमाडौं छाडेर फर्किएको थियो । ११:३६ ल्याण्ड गरेको विमानमा १ सय ६१ जना महिला थिए । योसहित कुवेतबाट ३ सय नेपाली महिला स्वदेश फर्किएका छन् ।

यसअघि म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना र जापानबाट ७ जनालाई नेपाल फर्काइसकिएको छ ।

सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीलाई जहाजबाट नेपाल ल्याउने निर्णय गरेको छ ।

जसअनुसार यस्तो हुने छ उडान तालिकाः

मिति उडान हुने ठाउँ
जेठ २९ कुवेतमा (२ उडान)
जेठ ३२ बंगलादेश
असार १ माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन
असार २ दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स
असार ३ अष्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
असार ४ साउदी(रियाद), दुबइ, मलेसिया, ओमन
असार ५ जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
असार ६ साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
असार ७ दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
असार ८ अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
असार ९ जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
असार १० साउदी अरब, कुवेत
असार ११ संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments