कुवेतले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्छाउदै नेपाल

बिहिबार, बैशाख ५, २०७६



काठमाडौं ।  मलेसियामा जारी आईसीसी  यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो ।

उसका लागि नोमन बुद्रोले अर्ध शतकीय इनिङ्स खेले । नेपाली बलरको डटेर सामना गरेका उनले अन्तिम विकेटका रुपमा रन आउट हुनु अघि १ सय २० बलमा ८ चौका सहित ७० रनको योगदान दिए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।

नेपाल हाल जवाफी ब्याटिङ गर्दैछ । रित गौतम र पी सराफ हाल नेपालका लागि ब्याटिंग गर्दैछन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata